चितवनका मनहरू बदलिएकाले उपचुनाव एमालेले जित्ने नेता बाँस्कोटाको दाबी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२२ दिन अगाडि
चितवनका मनहरू बदलिएकाले उपचुनाव एमालेले जित्ने नेता बाँस्कोटाको दाबी

काठमाडाै‌ - नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा भइरहेको उपचुनावमा नेकपा एमालेले जित्ने दाबी गरेका छन् ।

यसअघि रवि लामिछाने जितेर पदमुक्त भएपछि उपचुनाव हुन लागेका बेला मनहरू बदलिएका उनको दाबी छ । बिहीवार बिहान सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले मन बदलिने क्रम जारी रहेकाले लक्ष्य चुम्ने दृढ इच्छा रहेको जनाएका छन् । उनले लेखेका छन्, ‘बदलिए मनहरू, फर्किए साथीहरू र जारी छ यो क्रम– विरासतको लक्ष्य चुम्ने दृढ ईच्छासाथ । चितवन छु है !’ उपचुनावमा एमाले उम्मेदवारलाई जिताउन बाँस्कोटा यतिबेला चितवनमा खटिएका छन् ।