दिउँसो २ बजेदेखि महासंघको दोस्रो चरणको मतदान सुरु हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२२ दिन अगाडि
दिउँसो २ बजेदेखि महासंघको दोस्रो चरणको मतदान सुरु हुने

काठमाडौँ -  आज दिउँसो २ बजेदेखि उद्योग वाणिज्य महासंघको दोस्रो चरणको मतदान सुरु हुने भएको छ ।

महासंघको निर्वाचन समितिका अनुसार दिउँसो २ बजेदेखि दोस्रो चरणको मतदान सुरु हुने भएको हो । हिजो सम्पन्न मतदानअनुसार कुनै पनि उम्मेदवारको ५१ प्रतिशत नतिजा नआएपछि आज पुनः मतदान हुने भएको  हो । महासंघको विधानमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारले कम्तिमा ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ ।

तर, वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले पहिलो चरणको मतदानमा ५१ प्रतिशत मत ल्याउन सकेनन् । सबैभन्दा धेरै अन्जान श्रेष्ठले ३७ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१ प्रतिशत र रामचन्द्र संघईले ३० प्रतिशत मतभार ल्याएका छन् । पहिलो चरणको मतदानबाट संघई बाहिरिएका छन् । अब उनको समर्थनले दोस्रो चरणको मतदानमा ठूलो प्रभाव पार्ने देखिएको छ ।