एके ४७ को कारतुस र नगद लिएर नियन्त्रण रेखा पार गरिरहेको एउटा ड्रोनलाई खसालेको दाबी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२२ दिन अगाडि
एके ४७ को कारतुस र नगद लिएर नियन्त्रण रेखा पार गरिरहेको एउटा ड्रोनलाई खसालेको दाबी

एजेन्सी  - बिहीबार भारतीय सेनाले एके ४७ को कारतुस र नगद लिएर नियन्त्रण रेखा पार गरिरहेको एउटा ड्रोनलाई खसालेको दाबी गरेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार अप्रिल १२ र १३ को मध्यरातमा भारतीय सेनाले जम्मू कश्मीर प्रहरीको सहयोगमा नियन्त्रण रेखा पार गरी पाकिस्तानबाट भारतको रजौरी जिल्लास्थित सुन्दरबनी सेक्टरको बेरी पत्तन इलाकामा घुसपैठ गरेको ड्रोनलाई बेरी पट्टन क्षेत्रमा खसालेको छ । 

जम्मुस्थित सेनाका प्रवक्ताले उक्त ड्रोनबाट एके ४७ का १३१ कारतुस, ५ म्यागेजिन र दुई लाख भारु बरामद भएको दाबी गरेका छन् । यो कारबाहीपछि उक्त क्षेत्रमा छानबिन अभियान चलिरहेको पनि उनले बताए ।