काठमाडौं - राष्ट्रिय पुरुष भलिबल टिमका लागि खुल्ला छनोट नेपाल भलिबल संघले आयोजना गर्ने भएको छ ।
संघले सामाजिक संजालबाट राष्ट्रिय टिमका लागि बैशाखमा खुल्ला छनोट गरिने जनाएको छ । संघले छनोट बैशाख २०,२१ र २२ गते हुने जनाएको छ ।
छनोट त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ । संघले छनोटमा सहभागिता जनाउन प्रदेश, जिल्ला र क्लबका खेलाडीलाई आग्रह गरेको छ ।
संघले चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुद र काभा पुरुष नेसन्स लिगका लागि राष्ट्रिय टिम बनाउन खेलाडी छनोट गर्न लागेको हो ।
चीनको हाङझावमा आयोजना हुने एसियाली खेलकुद आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुनेछ । यस्तै किर्गिस्तानमा हुने काभा पुरुष नेसन्स लिग जुन १६ देखि २५ सम्म हुनेछ ।