पाँचौं दिन पनि महानगरपालिकाले सिंहदरबारको फाहोर उठाएन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२२ दिन अगाडि
पाँचौं दिन पनि महानगरपालिकाले सिंहदरबारको फाहोर उठाएन

काठमाडौं - आज पाँचौं दिन पनि काठमाडौं महानगरपालिकाले सिंहदरबारको फाहोर उठाएको छैन । बिहीबार पनि महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण सिंहदरबारको फाहोर नउठाएको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिएका छन् । 

सिंहदरबारसँगै प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति भवन शीतलनिवासको फोहोर पनि आइतबारदेखि नै उठेको छैन। 

‘महानगरले नभनेसम्म हामी फाहोर उठाउन सक्दैनौं,’ घिमिरेले भने। घिमिरेका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयबाट फाहोर उठाएर कम्पाउन्ड भित्रै राखिएका छन्।

बालेनले शनिबार बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका थिए। महानगरका प्रवक्ता नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म फोहोर सिंहदरबारबाट नउठ्ने बताए। 

बालेनको अभिव्यक्तिको विषय मन्त्रिपरिषद्सम्म पुगेको थियो। बालेनको अभिव्यक्ति र फाहोर नउठाउने निर्णयबारे सरकारले उनलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय समेत गरेको थियो।