नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्सको आवेदन पुनः खुला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११०१ दिन अगाडि
नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्सको आवेदन पुनः खुला

काठमाडौं - नेपाल धितोपत्र बोर्डले नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रकृया अगाडि बढाएको छ ।

बोर्डले बिहीबार एक सूचना जारी गर्दै आवेदनका लागि १० दिनको समय उपलब्ध गराएको हो ।बोर्डले गत असोज २ गतेदेखि ४५ दिनका लागि आवेदन माग गरेको थियो । निवेदन दिन समय बाँकी रहँदै कात्तिक ४ गते सर्वोच्च अदालतले यसलाई रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

चैत २६ गते अदालतले रिट खारेज गरेपछि नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स प्रकृया अघि बढाउन बाटो खुला भएको हो । यसअघि सूचना जारी गर्दा तोकिएको म्यादमध्ये बाँकी रहेको म्याद बमोजिम अहिले पुनः आवेदन खुला भएको बोर्डले जनाएको छ ।