थ्रीस्टारद्वारा नेपाल पुलिस क्लब १-० ले पराजित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२२ दिन अगाडि
थ्रीस्टारद्वारा नेपाल पुलिस क्लब १-० ले पराजित

काठमाडौं - बिहीबार शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा अजयी मार्टिन्सको एक मात्र गोलमा थ्रीस्टारले पुलिसलाई पराजित गर्दै ३ अंक जोडेको हो । मार्टिन्सले ६५औं मिनेटमा निर्णायक गोल गरे । यस जितपछि थ्रीस्टार अंकतालिकामा शीर्ष चारमा उक्लेको छ ।

८ खेलबाट ४ जित २ बराबरी र २ हारको नतिजाबाट थ्रीस्टारले तेस्रो स्थानको जावलाखेल युथ क्लब समान १४ अंक जोडेको छ । सिजनको छैटौं हार बेहोरेको नेपाल पुलिस क्लब भने ८ खेलबाट ४ अंकसहित रेलिगेसन जोनमै छ ।