काठमाडौँ - उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठ व्याक भएका छन् । अब अन्जान श्रेष्ठ वरिष्ठ उपाध्यक्ष बन्ने निश्चित भएको छ ।
भावी अध्यक्ष चन्द्र ढकालले सर्वसम्मतिका लागि पहल अघि बढाएपछि यस्तो सहमति बनेको हो । यससँगै आज हुने भनिएको दोस्रो चरणको मतदान नहुने भएको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि प्यानलसहित ३ जना उम्मेदवार बनेका थिए। तर, हिजो साँझ सम्पन्न पहिलो चरणको चुनावी नतिजा निष्कर्षविहीन बनेको थियो ।
वरिष्ठ उपाध्यक्षका तीन उम्मेदवारमध्ये अन्जान श्रेष्ठले ३७.९९ प्रशिशत, उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत र रामचन्द्रले ३०.४६ प्रतिशत मत ल्याएका थिए ।तीन उम्मेदवारमध्ये कसैले पनि पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसक्दा नेउवा महासंघको विधान अनुसार दोस्रो चरणको निर्वाचन हुने भएको थियो ।