मिटरब्याज पीडितको जग्गा लिलामी तत्काल रोक्नुपर्ने छ - काङ्ग्रेस नेता पौडेल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १११९ दिन अगाडि
मिटरब्याज पीडितको जग्गा लिलामी तत्काल रोक्नुपर्ने छ - काङ्ग्रेस नेता पौडेल

काठमाडाै‌ -नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले मिटरब्याज पीडितको जग्गा लिलामी तत्काल रोक्नुपर्ने र पीडितको पक्षमा सरकारले इमानदारिता देखाउनुपर्ने बताएका छन् ।

मिटरब्याज पीडितको धर्नास्थल शान्तिबाटिका पुगेर पौडेलले मिटरब्याज जघन्य शोषण भएकाले यसलाई अन्त्य गर्न आफू पूर्ण रुपले प्रतिबद्ध रहेको बताए । "सरकारले पहिला असोज १ गते पीडितसङ्ग सम्झौता गर्‍यो र फेरि आयोग बनाउने बुदा थपेर फेरि सम्झौता गरेको छ, यसले मिटरब्याज पीडितको समस्या हल भएन", उनले भने । मिटरब्याजीले हाल चेक बाउन्समा पीडितलाई फसाइरहेको भन्दै उनले यसको गम्भीर छानबिन गर्नुपर्ने बताए । पौडेलले मन्त्रीपरिषदको बैठकले नै सम्पूर्ण फर्जी लिखतलाइ अवैध घोषणा गर्नुपर्ने बताए ।