फिल्म रोड थ्रिलर ‘बाटो’को फस्टलुक सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११११ दिन अगाडि
फिल्म रोड थ्रिलर  ‘बाटो’को फस्टलुक सार्वजनिक

काठमाडौं - रोड थ्रिलर फिल्म ‘बाटो’को फस्टलुक सार्वजनिक गरिएको छ ।

निर्माताले नयाँ वर्षको अवसर पारेर फिल्मको फस्टलुक बाहिर ल्याएका हुन् । फस्टलुकको मोसन पोस्टर समेत तयार पारिएको छ । महिला पात्रलाई केन्द्रमा राखेर तयार गरिएको पोस्टरले दर्शकलाई उत्सुक जगाउन प्रयत्न गरेको छ । व्यावसायिक धारका दक्षिण भारतीय फिल्मको झल्को दिनेगरी निर्माण गरिएको यो फिल्मलाई २०८० सालभित्रै प्रदर्शन गर्ने तयारी छ ।

मदन थापाले निर्देशन गरेको फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको अभिनय छ । फिल्का निर्माता चन्दन झा हुन् भने छायाकार शरण ऋषि हुन् । काठमाडौं र उदयपुरको गाईघाटमा छायांकन गरिएको फिल्मको पोस्ट प्रोडक्सन भारतको मुम्बईमा भइरहेको छ । नेपालीसहित हिन्दी, तेलुगू, मलयालम र अंग्रेजी भाषामा समेत फिल्म प्रदर्शन हुने जनाइएको छ ।