एमाले अध्यक्ष ओली अस्वस्थ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १११० दिन अगाडि
एमाले अध्यक्ष ओली अस्वस्थ

 काठमाडाै‌ -नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‌ओलीले आफूलाई भाइरल ज्वरो आएको बताएका छन्। ‘अहिले म एन्टिबायोटिक औषधी खाएर निवासमै आराम गरिरहेको छु।

तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो। तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन,’ ओलीले भनेका छन्। उनले स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा ती क्षेत्रका मतदातालाई भेट्न जाने बताएका छन्।