गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्छ- मेयर दाहाल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १११८ दिन अगाडि
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्छ- मेयर दाहाल

काठमाडाै‌ - भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताएकी छन्। 

बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै उनले रङ्गाला बन्ने निश्चित भएको बताएकी हुन्।  प्रमुख दाहालले भनिन्, ‘अब केही प्रक्रिया मिलाएर राष्ट्रिय खेलकुद परिषद्ले काम अगाडि बढाउन लागेको छ।’

रङ्गशाला बन्ने  विषयमा जनमानसमा अझै शंका भएको बताउँदै उनले धुमुर्स–सुन्तली फाउण्डेसनलाई ऋण तिर्न एक मुष्ट १२ करोड अनुदान दिइसकिएको र अरू समस्या पनि समाधान गर्दै निर्माणाधीन रङ्गशालाको स्वामित्व राखेपले लिने निर्णय भएको र बाँकी कार्य पुल्चोक क्याम्पसको प्राविधिक सहयोगमा गर्ने गरी बोलपत्र आह्वान गरिने प्रमुख दाहालले बताए। उनले पुल्चोक इन्जिनीयरिङ क्याम्पस र राष्ट्रिय खेलकुद परिषद्बीच यसबारे निरन्तर छलफल भइरहेको बताए।