काठमाडाैै-संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।
बैठक आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ भने साढे २ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ । आजको बैठकमा प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७८/०७९ पेस गर्नुहुने कार्यसूची छ। त्यस्तै प्रधानमन्त्रीले नै राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।