काठमाडौँका मेयर बालेन विरुद्धको मुद्दामा आज सुनुवाई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १११७ दिन अगाडि
काठमाडौँका मेयर बालेन विरुद्धको मुद्दामा आज सुनुवाई

काठमाडौँ - महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)विरुद्धको मुद्दामा आज सुनुवाई हुँदै छ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । सो रिटमाथि आज सुनुवाई हुन लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमवार रिट दायर गरेका हुन् । जसको सुनुवाई मंगलवारका लागि तोकिएको छ । आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानूनविपरीत फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न रिटमा माग गरिएको छ ।