नेपालमा बढ्दो जलवायु परिर्वतनको प्रमुख कारण सरकार र नीति -डा. गोसाई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १११७ दिन अगाडि
नेपालमा बढ्दो जलवायु परिर्वतनको प्रमुख कारण सरकार र नीति -डा. गोसाई

काठमाडाै‍ -वातावरणविज्ञ डा. कमलराज गोसाईले नेपालमा बढ्दो जलवायु परिर्वतनको प्रमुख कारण सरकार र नीति रहेको बताए ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गोसाईले विज्ञहरु र सरोकारवालाहरुले दिएको सुझावलाई नीतिमा समावेश गरेर सरकारले ब्यवहारमा हुबहु लागू गर्न नसक्दा त्यसको प्रत्यक्ष प्रभाव जलवायु परिवर्तनमा देखिएको बताएका  छन्।

काठमाडौं उपत्यका लगायत नेपालका अन्य ठूला सहरहरुमा पनि वायु प्रदुषणको समस्या उस्तै रहेको बताउनु हुँदै गोसाईले यसको समाधानको लागि सरकारले वैकल्पिक र नवीकरणीय उर्जाको प्रयोग गर्नु पर्नेमा जोड दिए। अनवीकरणीय उर्जा प्रयोग गरिने सवारी साधनको प्रयोगमा कमी ल्याउँदै विद्युतिय सवारी साधनको प्रवर्द्धन गर्न सकिए मात्र पनि वायु प्रदुषण निकै कम हुने उनको भनाइ छ ।

सरकारले विद्युतीय सवारी साधनको कर कम गर्नुपर्नेमा जोड दिँदै नेपालीहरुलाई यस्ता सवारी साधन प्रयोग गर्न उत्साह प्रदान गर्न सके पनि वायु प्रदुषण कम गर्दै जलवायु परिवर्तनमा सकारात्मक प्रभाव देख्न सकिने गोसाईले बताए। वातावरणीय प्रभाव मूल्यांकन नगरी विकासको नाममा जथाभावी भौतिक संरचनाहरु निर्माण र बिस्तारले बाढी, पहिरो जस्ता विपद् निम्तिएको उहाँले उल्लेख पनी गरे ।