लागू औषध सहित एक नेपाली र एक भारतीय नागरिक पक्रा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १११७ दिन अगाडि
लागू औषध सहित एक नेपाली र एक भारतीय नागरिक पक्रा

काठमाडाै‍ -कास्की प्रहरीले ब्राउनसुगर जस्तो देखिने लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवण कुमार विकका अनुसार ब्राउनसुगर जस्तो देखिने ३३ ग्राम लागू पदार्थ सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नंम्बर २९ तालचोक बस्ने वर्ष ३२ की रमामाया कुमाल र भारत पश्चिम बंगाल जिल्ला मुर्सिदावाल बासगरा पोष्ट थाना लाल गोडा बस्ने वर्ष ३७ का अनारुल ईस्लाम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा-९ चिप्लेढुङ्गा स्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता विकले जानकारी दिए ।  उनीहरुको साथबाट प्रहरीले ब्राउनसुगरसँगै डिजिटल तराजु एक थान र मोवाईल दुई थान समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई सोमबार लागू औषध सम्बन्धी मुद्दामा अदालतबाट सात दिनकाे म्याद थप गरी प्रहरीले आवश्यक थप अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।