भट्टराईलाई भोट माग्न गठबन्धनका शीर्ष नेता भोलि तनहुँ जाने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२२ दिन अगाडि
भट्टराईलाई भोट माग्न गठबन्धनका शीर्ष नेता भोलि तनहुँ जाने

काठमाडाै‌ -नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जाँदै छन् । 

 बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ– १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु भोलि तनहुँ आउन लागेको  नेपाली कांग्रेस तनहुँका सभापति  जितप्रकाश आलेले बताए ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा भोलि दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका महासचिव देव गुरुङले आज दमौलीको चुनावीसभालाई सम्बोधन गर्दै छन् ।