सरकारले एनओसीमा कडाइ गरेपछि विद्यार्थी प्रदर्शनमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२१ दिन अगाडि
सरकारले एनओसीमा कडाइ गरेपछि विद्यार्थी प्रदर्शनमा

 काठमाडाै‌ -सरकारले विदेश पढ्न जानेहरूलाई कडाइ गर्न नयाँ निर्देशिका जारी गरेपछि विरोध भएको छ।

विदेशमा अध्ययनका लागि आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)मा कडाइ गरेपछि विभिन्न कन्सल्टेन्सीका विद्यार्थीहरूले नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्। ‘हामीलाई एनओसी चाहियो’, ‘हाम्रो भविष्यमा खेलबाड गर्न पाइन्न’, ‘एनओसी विधेयक खारेज गर’जस्ता नारा लेखिएका पम्प्लेट लिएर उनीहरू विरोधमा उत्रिएका हुन्।