नेपालले गुमायो दोस्रो विकेट, भुर्तेल ३८ रन बनाएर आउट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११२१ दिन अगाडि
नेपालले गुमायो दोस्रो विकेट, भुर्तेल ३८ रन बनाएर आउट

काठमाडाै‌ -एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरूद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।

ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन्। भुर्तेलले ३१ बलमा चार चौका र दुई छक्काको मद्दतमा ३८ रन बनाएका हुन्। मलेसियाका लागि रिजवान हेडरले दोस्रो विकेट लिएका हुन्। यसअघि नेपालले पहिलो ओभरमै अर्का ओपनर आसिफ शेखलाई गुमाएको थियो। आशिफ ३ बलमा १ रन बनाउँदै पेबेलियन फर्किएका थिए। जवाफी ब्याटिङ गरेको नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ। अहिले क्रिजमा भीम सार्की र कप्तान रोहितकुमार पौडेल छन्।