काठमाडाै -राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् सचिवालयलाई गाडी फिर्ता नगरेको खुलेको छ ।
पौडेलले पूर्वसभामुखको हैसियतमा संसद् सचिवालयबाट गाडी सुविधा लिँदै आएका थिए। संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार आफ्नो पदावधि समाप्त भएको सात दिनभित्र फिर्ता गर्नुपर्छ । २५ फागुनमा राष्ट्रपति निर्वाचित भएका पौडेलले मंगलबारसम्म गाडी फिर्ता गरेका छैनन्।
राष्ट्रपति निर्वाचित भइसकेपछि सो पदअनुसारको उच्च सुविधा पाए पनि पौडेलले ४० दिन बितिसक्दा पनि पूर्वसभामुखको हैसियतले पाएको सुविधा फिर्ता नगरेका हुन्। संसद् सचिवालयको सवारी शाखाले मंगलबारसम्म गाडी फिर्ता नगरेको जनाएको छ । ‘गाडी फिर्ता गर्ने भनेर सूचना आएको छ। फिर्ता ल्याउन पहल गरिरहेका छौँ,’ सचिवालयका प्रवक्ता एकराम गिरीले भने।