यही कार्यकालमा भूमिहीनलाई लालपुर्जा दिने लक्ष्य छ -मन्त्री श्रेष्ठ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १११७ दिन अगाडि
यही कार्यकालमा भूमिहीनलाई लालपुर्जा दिने लक्ष्य छ -मन्त्री श्रेष्ठ

 काठमाडाै‌ -भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरूलाई आफ्नै पालामा लालपुर्जा वितरण गर्ने दाबी गरेकी छिन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नै पालामा सबै भूमिहीनहरूलाई लालपुर्जा दिने लक्ष्य लिएको बताइन्। मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका नेवारहरू पनि भूमिहीन रहेको विगतमा राज्यले नदेखेको भन्दै अब आफूले उनीहरूलाई पनि लालपुर्जा प्रदान गर्ने आश्वासन दिइन्। उनले काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

‘काठमाडौं, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेकी छु । उपत्यकाका मूलवासी लाखौँ नेवारहरू लालपुर्जाविहीन छन् । पुर्खाकै पालादेखि बसोवास गर्दै आएकाहरूले लालपुर्जा पाउनैपर्दछ। काठमाडौंको नेवारलाई किन भूमिहीन देखेन राज्यले ? प्रश्न गम्भीर छ,’ मन्त्री श्रेष्ठले भनिन्।