‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा प्रकाश सपुत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११०९ दिन अगाडि
‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा प्रकाश सपुत

काठमाडौं - गायक प्रकाश सपुत पछिल्लो गीत ‘सकम्बरी’लाई लिएर चर्चामा छन् ।

नारीद्वेषी भन्दै कतिपय यो गीतको विरुद्ध खनिएका छन् भने प्रकाशले चाहिं पितृसत्तात्मक कोणबाट उक्त गीत प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् । जे होस्, यी दुई मतबीच ‘सकम्बरी’ रिलिजको पाँच दिनदेखि युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ । यो चर्चा र विवादको बीचमा गायक सपुतका फ्यानलाई नयाँ खबर छ । सपुतले आफ्नो अघिल्लो हिट गीत ‘बोल माया’को दोस्रो श्रृंखला ल्याउने भएका छन् । चार वर्षअघि सार्वजनिक गीतको अन्त्यमा पनि सपुतले ‘बोलमाया’को दोस्रो श्रृंखला ल्याउने घोषणा गरेका थिए । 

प्रकाश निकट स्रोतका अनुसार जेठदेखि नयाँ शृंखलाको काम सुरु हुने भएको छ । पहिलेकै कथालाई निरन्तरता दिने गरी गीतको निर्माण सुरु हुने जानकारी प्राप्त छ । साथै, यस वर्ष प्रकाशले आफूले फिल्म निर्माणको पनि तयारी गरेका छन् । उनले फिल्म निर्माण तथा निर्देशन गर्ने खबर यसअघि नै बाहिरिएको छ । प्रकाशले २०८० साललाई जातीय विभेदविरुद्धको वर्षको रुपमा मनाउने घोषणा समेत गरिसकेका छन् । गायक सपुत सांगीतिक टुरको सिलसिलामा अहिले अमेरिकामा छन् ।