कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११०८ दिन अगाडि
कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु

 काठमाडौं - कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जनाएको छ । यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।