नेपालको विजयी सुरुवात, मलेसिया ६ विकेटले पराजित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १११७ दिन अगाडि
नेपालको विजयी सुरुवात, मलेसिया ६ विकेटले पराजित

 काठमाडाै‌ -एसिसी प्रिमियर लिगमा नेपालले विजयी सुरुवात गरेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। दुई सय ३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।  नेपालको जितमा भीम सार्की र कुशल मल्लले अर्धसतक बनाए। सार्कीले ९८ बलमा ७१ रन बनाउँदा ४० बलमा ७० रन जोडेर मल्ल अविजित रहे। त्यसैगरी क्याप्टेन रोहित पौडेलले ४२, कुशल मल्लले ३८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

यसअघि टस जिटेर पहिले ब्याटिङ रोजेको मलेसियाले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ३५ रन बनाएको थियो। नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए। सोमपालले ४० र सन्दीपले ४८ रन दिएर समान तीन विकेट लिएका थिए। ललित राजवंशीले दुई विकेट लिँदा गुल्सन झाले एक विकेट लिए।