सुजन चापागाईंकाे 'फूलथुंगे रानी' (भिडिओ)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८९ दिन अगाडि
सुजन चापागाईंकाे 'फूलथुंगे रानी' (भिडिओ)

काठमाडाै‌ -गायक सुजन चापागाईंको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। 

आइतबार गायक चापागाईंकै युट्युब च्यानलमार्फत 'फूलथुंगे रानी' बोलको गीत सार्वजनिक भएकाे हो। हर्क साउदको शब्द रहेको गीतमा गायक चापागाईंले संगीत भरेका छन् भने संगीत संयोजन कुशल सिंहको छ। आर्टमान्डुले निर्माण गरेको गीत भिडिओमा एलेक्स विश्वकर्मा र विभूति सिटौलाको अभिनय छ। दुवैले यही म्युजिकल फिल्ममार्फत् अभिनयमा डेब्यू गरेका छन्। ‘फूलथुंगे रानी’ लाई आर्टमान्डुले अस्कर अन्तर्राष्ट्रिय कलेजका विद्यार्थीसँगको सहकार्यमा निर्माण गरेको हो।  निर्देशक नवीन चौहानले भिडिओको कन्सेप्ट बनाउने क्रममा पुरानै ढर्रा नदोहोर्याउने निर्णय गरेको बताए।