विद्यालय भर्ना हुन नसकेका बालबालिकाबारे जानकारी दिनेलाई पुरस्कार घाेषणा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११०७ दिन अगाडि
विद्यालय भर्ना हुन नसकेका बालबालिकाबारे जानकारी दिनेलाई पुरस्कार घाेषणा

काठमाडाै‌ -डोटीमा विद्यालय उमेर समुहका विद्यार्थी  विद्यालयबाहिर रहेका बालबालिकाबारे जानकारी दिने व्यक्तिलाई पुरस्कृत गरिने भएको छ।

विद्यालय जानेक उमेर समूहका बालबालिकालाई भर्ना गर्ने उदेश्यले यस्तो अभियान सुरु गरिएको हो।  समाजिक विकास कार्यालय डोटीका कार्यालय प्रमुख जयदेव महराका अनुसार आफ्नो समुदायमा रहेका बालबालिकाको विवरणसहितका जानकारी गराउने व्यक्ति सम्मानित हुनेछन्।  ‘समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नारासहित शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना अभियान सुरु भएको छ। 

त्यस्ता बालबालिकाबारे विवरण पेस गर्दा विद्यालय नजाने बालबालिकाको नाम, बुबाआमाको नाम, ठेगाना र विद्यालय नजानुका कारणसहित नजिकको विद्यालय, वडा कार्यालय, पालिका, शिक्षा विकास तथा समन्वय इकाइ, समाजिक  विकास कार्यालयमध्य कुनै एक ठाउँमा जानकारी गराउनु पर्ने कार्यालय प्रमुख महराले बताए। भर्ना अभियान २०८० सफल पार्न आयोजित अन्तर्क्रिया कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो। विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउनका लागि यस्तो योजना ल्याइएको सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले बताए। विष्टले भने, ‘धेरै वर्षदेखि हामी तीन प्रतिशत विद्यार्थी विद्यालयबाहिर छन् भन्दै आएका छौँ, अब यसलाई शत प्रतिशतमा पुर्याउनका लागि विशेष योजना आवश्यक छ।’