बाघको आक्रमणबाट हेटौँडामा दुईजना घाइते

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३१६ दिन अगाडि
बाघको आक्रमणबाट हेटौँडामा दुईजना घाइते

 काठमाडाै‌ -बाघको आक्रमणबाट बुधबार हेटौंडामा दुईजना मानिस घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार हेटौँडा-१५ का १७ वर्षीय सुमन घलान र ६५ वर्षीय कृष्णबहादुर थिङ घाइते भएका हुन्। आइतबार बिहान् बाख्रा चराउन घर नजिकैको जंगल गएका  घलान र थिङलाई बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणबाट घाइते भएका थिङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको बाघको आक्रमणबाट घाटिमा गहिरो चोट लागेको छ। यस्तै घलानको दाहिने कुम, ढाडको बाँया भाग र छातिमा बाघले टोकेको छ। दुबै जनाको अहिले हेटौँडा  अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।