एपीएफसँग हार्यो मछिन्द्र

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८८ दिन अगाडि
एपीएफसँग हार्यो मछिन्द्र

काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ एफसीले साविक विजेता मछिन्द्र एफसीलाई १-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपीएफलाई जिताउन विदेशी खेलाडी अर्मान्ड बेउडमले एक मात्र गोल गरे ।   उनले खेलको ३९औं मिनेटमा गोल गरेका थिए । त्यही गोल एपीएफलाई ३ अंक दिलाउन निर्णायक बन्यो । सिजनको चौथो जितपछि जितपछि एपीएफ १० खेलबाट १४ अंक जोडेर मछिन्द्रलाई पछि पार्दै आठौं स्थानमा उक्लेको छ । 

मछिन्द्रको यो तेस्रो हार हो । लिगको सुरुवाती दुई खेलमा पराजित भएको मछिन्द्र पछिल्लो ७ खेलमा अपराजित थियो । तर एपीएफले ७ खेलको अपराजित यात्रा सकिएको छ । १० खेलबाट १३ अंक रहेको मछिन्द्र नवौं स्थानमा झरेको छ ।