काठमाडौं– नेपाल व्यापार संघले अर्थमन्त्री प्रकाशशरण महतलाई १९ बुँदे ज्ञापन–पत्र बुझाएको छ।
संघले अर्थमन्त्री महतलाई उनकै निजी निवासमा भेटेर बधाई तथा शुभकामनासहित ज्ञापन–पत्र बुझाएको हो।
महतले २०७९ चैत १७ गतेबाट अर्थमन्त्रीको जिम्मेवारी संहालेका हुन्। संघले अर्थमन्त्री महतलाई नेपालको पछिल्लो आर्थिक अवस्था दयनिय बन्दै गएकोप्रति ध्यानाकर्ष गराउँदै आर्थिक क्रियाकलापमा निजी क्षेत्रको सहभागितालाई सहज बनाउन पनि माग गरेको छ ।
संघका अध्यक्ष हरि गौतमका अनुसार कोभिड महामारीका बेला व्यावसायीहरू ठूलो मारमा परेको र हाल आएर पनि बैंकको तीतो ब्याजदर तथा खुम्चदो अर्थतन्त्रले परिलिनु परेकाले त्यसमा मन्त्रालयले नै नीतिगत व्यवस्था सहित सहज वतावरण तयार गर्न संघले माग गरेको छ ।
संघले अर्थमन्त्री महतलाई बुझाएको ज्ञापन पत्रमा लेखिएको छ :
‘अर्थमन्त्री माननीय श्री डा. प्रकाशशरण महतज्यूको यस कार्यकालमा राष्ट्रको खस्कदो अर्थतन्त्र सुधार भइ सिंगो अर्थतन्त्रले नयाँ पालुवा फेर्नेमा पनि हामी विस्वस्त छौं । आर्थिक मेरुदण्डका रूपमा रहेको निजीक्षेत्रलाई सहजरूमा अगाडी बढाउन, उद्योगी व्यवसायीहरुले भोग्नु परेका समस्याको निराकरण गरि सहज व्यवसायमैत्री वातावरण निमार्णका लागि यहाँको आवश्यक नीतिगत सहयोग प्राप्त हुने अपेक्षासमेत संघले लिएको छ।’
पछिल्लो समय नेपालमा व्यावसायीक सटरहरू ३० प्रतिशतभन्दा बढी बन्द भएको तथ्यांक बाहिर आएको छ। यसैगरि काठमाडौंकै मुख्य व्यावसायीक केन्द्रहरू न्यूरोड, असन, ठमेललगायतका स्थानमासमेत धमाधम पसल–सटरहरू बन्दहुँदै जादा व्यावसायीहरू चिन्तित देखिन्छन् । यस्तो अवस्थामा बेलैमा सचेत भइ आवश्यक कदम चाल्नु पर्ने संघका अध्यक्ष गौतमको जोड छ ।
संघले अर्थमन्त्री प्रकाशशरण महतलाई बुझाएको बधाई तथा सुभकामना सहितको ज्ञापन–पत्र


