काठमाडौं - सुनको मूल्य शुक्रबार तोलामा ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख १० हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बिहीबार छापावाल सुन १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय ४५ रुपैयाँ कायम रहेको छ ।