काठमाडौँ - एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानी क्रिकेटर रसिद खानको रेकर्ड भंग गर्दै नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सबैभन्दा कम म्याचमा सय विकेट विकेट लिने कीर्तिमान बनाएका छन्।
उनले ४२ खेलमा १०० विकेट लिँदै सो कीर्तिमान बनाएका हुन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो। उनले ४४ खेलमा सय विकेट लिएका थिए।
यस्तै अष्ट्रेलियाका मिचेल मार्स ५२ र पाकिस्तानका सकलेन मुस्तकले ५३ खेलमा सय विकेट पुर्याएका थिए।
शुक्रबार एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा विकेट लिँदै लामिछानले आफ्नो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सय विकेट पुर्याएका हुन्। उनले १२.३ ओभरमा ओमानका सफिकको विकेट लिएका हुन्।
लामिछाने पहिलोपटक सन् २०१८ मा नेदरल्यान्सविरूद्धको खेलमा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए। डेब्यूमै उनले एक विकेट लिएका थिए।