काठमाडौं महानगरलाई सिंहदरबारको फोहोर उठाउन सर्वोच्चको अन्तरिम आदेश

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८७ दिन अगाडि
काठमाडौं महानगरलाई सिंहदरबारको फोहोर उठाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं - काठमाडौं महानगरपालिकालाई सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार उक्त आदेश गरेको सर्वोच्चका प्रवक्ता विमल पौडैलले जानकारी दिएका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफुलाई असहयोग गरेको भन्दै सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरेका थिए । मेयरको उक्त निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले काठमाडौं महानगरपालिकासहितलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।