काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा तीन तहको सरकार भए पनि केन्द्रीकृत सिंहदरबारको मानसिकता परिवर्तन हुन नसकेको बताएका छन् ।
काठमाडौंको गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको ‘बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’मा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । आर्थिक परिसंवादका प्रमुख अतिथि समेत रहेका प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान समाजवाद र पुँजीवादका राम्रा कुरा मिलाएर बनाएको संविधान भएको बताए । आम जनतालाई आर्थिक र राजनीतिक क्रियकलापमा कसरी संलग्न गराउन सकिन्छ भनेर तीन तहको सरकार बनाइएको हो, तर, अहिले पनि हामी सिंहदरबारको सोचबाट मुक्त हुन सकेका छैनौं, उनले भने । यस्तै उनले नवउदारवाद र समाजवादका कुरा गर्दागर्दै पनि आम नेपालीको सोचमा कहीँ न कहीँ स्पष्टताको अभाव रहेको उनको भनाइ छ । उनले नेपालको आर्थिक, सामाजिक, दार्शिनीक अध्ययन नगरी विदेशी नीति पछ्याउने क्रम चलेको भन्दै यो उचित नहुने बताए ।
अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मान्यताहरुका अध्ययन गर्नै पर्ने भए पनि नेपालका लागि आवश्यक नीतिलाई प्राथमिकतामा राख्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ुहामी विदेशीले विकास गरेका, दर्शन सिद्धान्तको अनुकरण गर्ने र नपाली मान्यता गलत हो भन्ने धारणाबाट उन्मुक्त हुनुपर्छ,ु प्रधानमन्त्री प्रचण्डले भने । उनले बिचार सिद्धान्त, राजनीति मूल्य र मान्यताको कुरा हराउँदै गएको बताए । उनले नेपालमा उपभोक्तावाद र तत्काल नाफा नोक्सानतिर अघि बढ्दा राष्ट्र जनता र आम जनताको हित प्रथामिकतामा नपरेको जिकिर गर्दै उनले देशमा जनता र समाजको हित भन्दा तत्कालीन विषय नाफानोक्सान प्राथामिकतामा परेको बताए । प्रधानमन्त्री प्रचण्डले राजनीतिमा पनि आवेग र सेन्टीमन्ट तिर चिजहरु जाने हो कि भन्ने खतरा देखा परेको उल्लेख गरे । हाम्रो सोचमा स्पष्टताको अभाव छ । हामी जाने कुन बाटो नेपाली बाटो अन्तर्राष्ट्रिय क्षेत्रमा भएका विचार दर्शन मूलइ मान्यता अध्यनन त गर्ने पर्छ । तर, सबैभन्दा बढी नेपालको मौलिकामा ध्यान केन्द्रीत नगरि विदेशमुखी भएका छौं,उनले भने । उनले विदेशी राम्रो नेपाली नराम्रो भन्ने भ्रमयुक्त विषयबाट मुक्त हुनुपर्ने बताए ।
अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि ढुक्क हुने अवस्था भने नभएको उनको भनाई थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै क्षेत्रको सामूहीक प्रयासले बैंकको व्याजदर घट्न थालेको बताए । विभिन्न निकायसँग लगातार अन्तरक्रिया गर्दा व्याजदर घटाउनमात्र होइन राजश्व संकलन बढाउन र मुद्राको सञ्चिती बढ्दै गएको बताए । ूसामूहीक प्रयासले बैंकको व्याजदर घटन थालेका छ । राजस्व संकलन विस्तारै बढ्न थालेको छ, उनले भने, विदेशी मुद्राको सञ्चिति सन्तोषजनक ढंगले अघि बढ्दै गएको छ । शिक्षा स्वास्थ्य क्षेत्रमा देखिएको समस्या विस्तारै समाधान हुँदै गएको छ । ू प्रधानमन्त्री प्रचण्डले यतिहुँदा पनि अर्थतन्त्रले गुणात्मक ढंगले सकारात्मक दिशा लिन नसकेको र नेपाली मौलिक बाटो पकड्यो भनने अवस्थमा नपुगिसकेको बताए ।