तनहुँ - तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द् भट्टराईसँग जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।
मौनअवधि सुरु भइसकेपछि अर्थात वैशाख ७ गते राति १२ पछि मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको समितिले जनाएको छ ।
भट्टराईले २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं वा प्रतिनिधि मार्फद उपस्थित भएर स्पष्टीकरण दिन समितिले भनेको छ ।समितिले स्पष्टीकरण मागेका भट्टराई नेपाली कांग्रेसका उम्मेदवार हुन् ।