लोकतान्त्रिक पद्दतिमा विश्वास गर्न रास्वपाका सभापति लामिछानेकाेआग्रह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८५ दिन अगाडि
लोकतान्त्रिक पद्दतिमा विश्वास गर्न  रास्वपाका सभापति लामिछानेकाेआग्रह

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले लोकतान्त्रिक पद्दतिमा विश्वास गर्न आग्रह गरेका छन् ।

चितवनको नयाँ किरण कमलकुसुम केन्द्रमा झडप भएपछि फेसबुक लाइभमार्फत स्वच्छ प्रतिस्पर्धा गर्न र भयरहित मतदान गर्ने वातावरण बनाउन सवैलाई आग्रह गरेका हुन् ।

उनले आफ्ना नेता कार्यकर्ता तथा प्रतिस्पर्धी दलहरुलाई पनि भयरहित निर्वाचन गराउन ध्यानाकर्षण गराएका छन् । उनले आफ्नो पार्टीबाट बुथमा खटिएका कार्यकर्तालाई पनि उत्तेजित नहुन विशेष आग्रह गरेका छन् । ‘लामो इतिहास बोकेका दलहरुले हुलहुज्तमा विश्वास गर्दैनन्’, लामिछानेले भनेका छन् । उपनिर्वान मतदानका क्रममा आइतबार चितवनको नयाँ किरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको थियो ।