स्ट्राइकर रोमेलु लुकाकुमाथिको प्रतिबन्ध फुकुवा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८४ दिन अगाडि
स्ट्राइकर रोमेलु लुकाकुमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं - इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकुमाथिको एक खेलको प्रतिबन्ध फुकुवा भएको छ।

प्रतिबन्ध फुकुवासँगै लुकाकुले कोपा इटालियाको सेमिफाइनल अन्तर्गत युभेन्ट्सविरुद्धको दोस्रो लेगको खेल खेल्ने भएका छन् । सेमिफाइनलको पहिलो लेगमा रातो कार्ड पाएपछि उनलाई दोस्रो लेगमा प्रतिबन्ध लागेको थियो ।

गोल गरेपछि लुकाकुले युभेन्ट्सको समर्थकलाई चुप लाग्न इशारा गरेका थिए । जसको कारण उनलाई रेफ्रीले दोस्रो पहेलो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।  

तर, उनले रातो कार्डविरुद्ध अपिल गरेका थिए । रंगभेदीय दुर्व्यवहारको प्रतिकार स्वरूप आफुले त्यस्तो गरेको लुकाकुले बताएका थिए । खेलमा लुकाकुमाथि युभेन्ट्सका समर्थकहरुले रंगभेदी दुर्व्यवहार गरेका थिए ।