सिंगापरमाथी युएईकाे सानदार जित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८४ दिन अगाडि
सिंगापरमाथी युएईकाे सानदार जित

काठमाडौं - युएईका ओपनर तथा कप्तान मुहम्मद वासिम र वृत्य अरबिन्दको सानदार शतकको सहयोगमा युएईले सिंगापरलाई पराजित गरेको छ । 

टियु मैदान कीर्तिपुरमा भएको एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा युएई २ सय १ रनको फराकिलो अन्तरले पराजित भएको छ । युएईले दिएको ४ सय ७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७० रन मात्र बनायो ।

सिंगापुरका लागि मनप्रित सिंहले ६४ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । थिलिपन उमीदुराईले ५६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । 

सुरेन्द्रर चन्द्रमोहन र कप्तान अरित्र दत्तले समान ३८/३८ रन बनाउँदा विनोथ बसकरनले १८ रन बनाए । युएईका लागि सचिन शर्मा,कार्तिक मैयप्पन र आयान खानले समान २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई अन्तिम बलमा अलआउट हुदै ४ सय ७१ रन बनाएको हो । 

युएईका लागि कप्तान तथा ओपनर मुहम्मद वासिम र वृत्य अरबिन्दले शतकीय ईनिङ खेले । वासिमले ८२ बलमा ९ चौका र १६ छक्काको सहयोगमा १ सय ६० रन बनाए । वासिमले ८२ बलमा आफ्नो शतक पूरा गरेका थिए । शतक बनाएको १७ बल पछि उनले १ सय ५० रन पूरा गरेका थिए । 

अरबिन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्काको सहयोगमा १ सय ७४ रन बनाए । अरबिन्दले ९६ बलमा शतक पूरा गरेका थिए । अर्को ३० बलमा उनले १ सय ५० रन पूरा गरे । 

आयान खानले ५० बलमा ९ चौका र ३ छक्काको सहयोगमा ७४ रनको अर्धशतकीय ईनिङ खेले । सचित शर्मा ८ बलमा १६ रन बनाउँदै अविजित रहे । युएईका खेलाडीहरुले २६ छक्का र ४१ चौका प्रहार गरेका थिए ।

सिंगापरका लागि अदिद्य भार्गभले ४ र रमेश कलिमुथुले ३ विकेट लिए ।  विनोद बसकरनले २ विकेट लिए । पछिल्लो पाँच ओभरमा युएईले पाँच विकेट लिएर ७१ रन बनाएको थियो । 

वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । 

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।

समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।

फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।