नेपला व्यापार संघले उद्योगमन्त्री रिजाललाई बुझायो २० बुँदे ज्ञापन–पत्र

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८० दिन अगाडि
नेपला व्यापार संघले उद्योगमन्त्री रिजाललाई बुझायो २० बुँदे ज्ञापन–पत्र

काठमाडौं– नेपाल व्यापार संघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई २० बुँदे ज्ञापन–पत्र बुझाएको छ । संघले आइबार मन्त्री रमेश रिजाललाई सिंहदरबार स्थित मन्त्रालयमै भेटेर बधाई तथा शुभकामनासहितको ज्ञापन–पत्र बुझाएको हो।

संघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रिजाललाई पछिल्लो समय राष्ट्रको आर्थिक अवस्था कमजोर बन्दै गएकोप्रति ध्यानाकर्ष गराएको छ । आर्थिक क्रियाकलापलाई सहज बनाउन पनि माग गरेको छ। 

संघका अध्यक्ष हरि गौतमले कोभिड महामारीका बेला व्यावसायीहरू ठूलो मारमा परेको र अहिले आएर बैंक तथा वित्तिय संस्थाहरूको तीतो ब्याजदरले व्यावसायीहरू पीरोलिरहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । ब्यापार तथा व्यावसायीक गतिविधिमा निजी क्षेत्रको सहभागिता सहज बन्न सके खुम्चदो अर्थतन्त्रमा थोरै भएपनि राहत मिल्ने उनको भनाइ थियो । त्यसका लागि मन्त्रालयले नै नीतिगत व्यवस्थासहित सहज वतावरण तयार गर्न पनि मन्त्री रिजालसँग संघले माग गरेको छ । 

यस्तै संघले नागरिकको माग र आवश्यकतालाई हेरेर उत्पादन तथा उपभोगका लागि आवश्यक सबै किसिमका बस्तु तथा सेवासमयमै आपूर्ति गर्न पनि मन्त्रालयको ध्यानाकर्षण गराएको छ । 

पछिल्लो समय नेपालमा आर्थिक गतिविधिमा सुस्तता आउँदा व्यावसायीहरू धमाधम सटर बन्द गर्न बाध्य छन् । काठमाडौंकै मुख्य व्यावसायीक केन्द्रहरू न्यूरोड, असन, ठमेललगायतका स्थानमासमेत

धमाधम पसल–सटरहरू बन्द हुँदै जादा सम्बन्धित निकायको बेलैमा ध्यान जनसके संभावित दुर्घटनाबाट बच्न सकिने नेपाल ब्यापार संघको भनाइ छ ।