राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष थेबेले गरे पदभार ग्रहण [तस्विरमा हेर्नुहोस ]

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३१२ दिन अगाडि
राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष थेबेले गरे पदभार ग्रहण [तस्विरमा हेर्नुहोस ]

काठमाडौं - नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले पदभार ग्रहण  गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको नेपालगञ्जमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित थेबेले पदभार ग्रहण गर्दै युवा आन्दोलनलाई अब नयाँ ढङ्ग बाट अगाडि बढाउने र त्यसको लागि हरेक युवाहरुलाई अब उद्यमशीलतामा जोड्दै सक्षम र सवल बनाउन आफु लागि पर्ने बताएका छन्।

युवाहरूको ब्यक्तित्व बिकाश साथै देश समृद्ध बनाउन राजनीतिक मात्र नभएर आर्थिक परिवर्तनको दिशा तर्फ युवा संघ अघि बढ्नेमा ढुक्क हुन समेत अध्यक्ष थेबेले आग्रह गरे।     

पदभार ग्रहण कार्यक्रममा नेकपा एमालेका नेता तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत, निवर्तमान अध्यक्ष किरण पौडेल लगायत नेताहरूको उपस्थिति थियो।