बारा २ को मतगणना सुरु गर्न ढिलाई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३११ दिन अगाडि
बारा २ को मतगणना सुरु गर्न ढिलाई

बारा -  बारा २ को मतगणना सुरु गर्न ढिलाई भएको छ । मत गणना स्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाई भएको हो । 

मतगणना स्थलमा खटिने उम्मेदवारहरुका प्रतिनिधि सम्बन्धित निर्वाचन क्षेत्रकै हुनुपर्ने कानुनी व्यवस्था छ । तर धेरैजसो उम्मेदवारका सम्बन्धित क्षेत्रका प्रतिनिधिहरु पौने १ बजेसम्म पनि आइनसकेकाले मतगणनामा ढिलाई भएको एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले जानकारी दिएका छन् ।