रास्पाका डा. स्वर्णिम वाग्लेकाे अग्रता कायमै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३११ दिन अगाडि
रास्पाका डा. स्वर्णिम वाग्लेकाे अग्रता कायमै

तनहुँ - तनहुँको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । 

२१ वडाको २९ हजार ८०२ मतगणना गर्दा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ मत प्राप्त गर्दा नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार मत प्राप्त गरेका छन् ।  

तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो ।