सन्दीप लामिछाने विरुद्धको मुद्दामा अन्तिम सुनुवाई जारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८४ दिन अगाडि
सन्दीप लामिछाने विरुद्धको मुद्दामा अन्तिम सुनुवाई जारी

काठमाडौँ - जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा अन्तिम सुनुवाई जारी छ ।

नम्बर–२० इजलामा न्यायाधीश दिपक ढकालले मुद्धाको सुनुवाई गरेका छन् । नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई असोज २० मा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् । 

यसअघि नै चैत २६ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालले दुईजनाको साक्षी बकपत्र गराउने आदेश गरेका थिए । जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागी थुनामा गएका सन्दीपलाई पुस २८ मा उच्च अदालतले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । उच्च अदालतको आदेशविरुद्ध सन्दीपको निवेदनमा फागुन १५ मा सर्वोच्चले उनलाई विदेश जान अनुमति दिएको थियो । विदेश जाने अनुमतिसँगै सर्वोच्चले उनको मुद्दा फास्ट ट्रयाकबाट किनारा लगाउन आदेश गरेको थियो ।