कांग्रेस, एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागण्बडामा सहमति

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८४ दिन अगाडि
कांग्रेस,  एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागण्बडामा सहमति

काठमाडौँ - नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागण्बडामा सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बसेको तीन दलको बैठकमा टिआरसीबारे विशेष समिति गठन गर्ने एमालेलाई तीन समितिको नेतृत्व दिने सहमति भएको हो ।

संघीय संसदका २ विशेष समितिमध्ये  एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ । संसदीय सुनुवाई समितिको भने सभापति कांग्रेसले भएको छ ।

१० वटा विषयतगत समितिमा सार्वजनिक लेखा समिति र थप एक समितिको सभापति पनि एमालेले पाउने सहमिति भएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले रातोपाटीलाई बताए ।  गिरीका अनुसार संवैधानिक परिषद सम्बन्धी विधेयक सिधै संसदमा लगेर पारित गर्ने सहमति भएको छ ।