काठमाडौं - आफ्नो पार्टीलाई पुरानो पार्टी नभनिदिन नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले पुरानो र नयाँ पार्टीको भाष्य बनाउन खोजिएको र एमालेलाई पुरानो पार्टीमा राखिएको भन्दै असन्तुष्टि जनाए ।
आफ्नो पार्टी मिसनमा, भिजनमा र एक्सनमा सधैंभरि नयाँ दल रहेको उनको जिकिर छ । नयाँ दल आउनु स्वभाविक भएको भन्दै उनले त्यही आधारमा पुरानो दलको औचित्य नसकिने रिजालले बताए ।
‘सौर्यमण्डलमा धेरै ताराहरु जन्मिने गर्छन् । ताराहरु बिलाउने पनि गर्छन् । तर, सूर्य आयूमा पुरानो होला । त्यसको काम पुरानो भएको छैन । त्यसले उज्यालो दिने र ताप दिने काम त्यो नयाँ नै छ’ उनले भने ।