आत्मघाती आक्रमणमा १२ प्रहरीको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८२ दिन अगाडि
आत्मघाती आक्रमणमा १२ प्रहरीको मृत्यु

एजेन्सी  - सोमबार राति पाकिस्तानको स्वात जिल्लाको कबाल सहरमा रहेको काउन्टर टेररिज्म डिपार्टमेन्टको प्रहरी चौकीमा आत्मघाती हमला भयो । प्रहरी चौकीमा दुई वटा विस्फोट हुँदा आगलागी भयो । यस आक्रमणमा १२ प्रहरीको मृत्यु भएको छ । जबकि ४० जना घाइते छन् ।

घाइतेलाई उचित उपचार उपलब्ध गराउन नजिकका सबै अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । आक्रमणपछि खैबर पख्तुनख्वामा उच्च सतर्कता अपनाइएको छ । विस्फोटबाट प्रहरी चौकीको छत भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा दबिएको घटनास्थलमा उपस्थित मानिसहरूले बताएका छन् ।