काठमाडौँ - संसदमा सांसदहरुले उठाएका प्रश्नहरु पनि वेबसाइटमा राख्ने व्यवस्था गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले माग गरेकी छन् ।
सदनमा सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्दै उनले ती प्रश्नहरु र त्यसको अवस्थाबारे आमनागरिकले हेर्न मिल्ने गरी वेबसाइटमा राख्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी हुन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा. कार्कीले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको पनि बताइन् । उनले ललितपुरमा स्वास्थ्य विमा, स्वास्थ्यकर्मीहरुको थप दरबन्दी र नख्खु–भैंसेपाटी सडक खण्डको निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? भनि सरकारलाई प्रश्न पनि गरिन् ।