राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको राष्ट्रपति कार्यालयकाे जानकारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८३ दिन अगाडि
राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको राष्ट्रपति कार्यालयकाे जानकारी

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट फ मेडिकल साइन्स एम्समा भर्ना भएर उपचार गराइरहेका छन् । उनको उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

एन्टिबायोटिक उपायेगका कारण उनमा शारीरिकरुपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा रहेको सूचना साथमा रहेका परिवारका सदस्यबाट आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।