नेप्से परिसूचक १७ अंकले बढ्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०८९ दिन अगाडि
नेप्से परिसूचक १७ अंकले  बढ्यो

काठमाडौं - लगातारको गिरावटपछि मंगलबार भने नेप्से परिसूचक १७ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १७.३६ अंकले बढ्दै १९ सय ५.६८ अंकको विन्दुमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक २.७१ अंकले घट्दै १८ सय ८८.३२ अंकको विन्दुमा अडिएको थियो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२७ अंकले बढ्दै ३६३.६५ अंकमा उक्लिएको नेप्सेले जनाएको छ । 

यद्यपि, कारोबार रकम भने खासै सुधार आउन सकेन । १७ अंकमाथिले नेप्से बढ्दैगर्दा यता जम्मा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । 

आज म्युचुअल फण्ड बाहेकका १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज होटल तथा पर्यटन समूहको उपसूचक १.९२ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो १.८२ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक १.६५ प्रतिशतले, इन्भेष्टमेन्ट समूह १.४१ प्रतिशतले र फाइनान्स समूह १.६५ प्रतिशतले बढेको छ । म्युचुअल फण्डको उपसूचक भने आज झिनो (०.०९ प्रतिशत) अंकले घटेको छ ।