बारा - जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले बारा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा मतान्तर बढाएका छन्।
पछिल्लो मतपरिणाम अनुसार उपेन्द्र यादव उनका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाभन्दा ५ हजार २०३ मतले अगाडि छन्। यादवले १७ हजार ३९३ मत पाउँदा शिवचन्द्रले १२ हजार १९० मत पाएका छन्।
तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ५ हजार ३१५ मत पाएका छन्। चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार १४० मत पाएका छन्। मतगणना अझै जारी छ।