बारा–२ को मतगणना मध्यरातसम्ममा सक्ने लक्ष्य

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८३ दिन अगाडि
बारा–२ को मतगणना मध्यरातसम्ममा सक्ने लक्ष्य

बारा - आज मध्यरातसम्ममा बारा–२ को मतगणना सक्ने लक्ष्य लिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अब दुई स्थानीय तहका १६ वटा वडामा मतगणना हुन बाँकी रहेको छ । 

४४ वटा वडा रहेको बारा–२ मा करैयामाई, सुवर्ण र देवताल गाउँपालिकाको सम्पूर्ण वडा र  कोहल्वी नगरपालिकाको वडा नम्बर ८ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । 

उनका अनुसार अब महागढीमाई नगरपालिकाको वडा नम्बर १ देखि ६ सम्म र पचरौता नगरपालिकाको ९ वटा गरी १५ वटा वडाहरू गणना गर्न बाकी रहेको छ । 

उनका अनुसार अब २७ हजार ३३९  मत गणना गर्न बाँकी  छ । हालसम्मको मत परिणाम अनुसार जसपाका अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादवले अग्रता फराकिलो बनाएका छन् । 

आइतबार भएको उपनिर्वाचनमा बारा २ मा ६९ हजार १०७ मत खसेको थियो । बारा २ मा सोमबारदेखि मतगणना सुरु भएको थियो ।